एन्फा यू–१६ युथ लिगमा श्री भगवतीको सानदार जित

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

श्री भगवती क्लबले एन्फा यू–१६ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबमाथि ६–२ को सानदार जित दर्ता गरेको छ । जितसँगै १५ खेलमा १७ अंक जोडेको श्री भगवती नवौँ स्थानमा उक्लिएको छ । १५ वटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई गोल गरेका थिए ।

आर्यन भण्डारी, सरुण महतो, सरिन थिङ र दीपेश शाहीले समान एक गोल गरे । सातदोबाटोका लागि सर्जकध्वज थापा र अश्विन पौडेलले गोल फर्काए । खेलको ८७औँ मिनेटमा मुक्सन राईले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सातदोबाटो १० खेलाडीमा समेटिएको थियो । अर्को खेलमा फ्रेन्ड्सले पुलिसलाई २–१ ले पराजित गर्यो । 

सुझावित समाचार