पर्सा, कावासोती र दमौलीमा मेटलाइफको बिमा पहुँच विस्तार

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ, जसले हजारौँ घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बिमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने कम्पनीको विश्वास छ।

जीवन बिमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको वेला मेटलाइफ नेपालले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन सार्थक कदमहरू चालिरहेको जनाएको छ।

नयाँ अफिसहरूले बिमा सेवा मात्र प्रदान नगरी स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्नेछ। साथै वित्तीय सुरक्षा क्षेत्रमा अर्थपूर्ण भविष्य बनाउन व्यक्तिहरूलाई सक्षम पार्ने कम्पनीको विश्वास छ।

सो अवसरमा मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले भने, ‘पर्सा, कावासोती र दमौलीमा हाम्रो ढोका खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन, यो बिमा सुरक्षालाई मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो।’
 

सुझावित समाचार