छनोटनजिक संकटा क्लब

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

लगातार तेस्रो जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटा राष्ट्रिय महिला लिगनजिक पुगेको छ । महिला लिग छनोटअन्तर्गत आइतबार संकटाले बुटवल लुम्बिनी एफसीलाई ३–० ले हरायो । च्यासल रंगशालामा संकटालाई जित दिलाउन कप्तान सिम्रन राई, सेनु परियार र रेनिशा शर्माले समान एक गोल गरेका थिए ।

तीन खेलमा ९ अंक जोडेको संकटा समूह ‘बी’को शीर्ष स्थानमा छ । पहिलो हार सामना गरेको बुटवलले ६ अंक जोडेको छ । संकटा लगातार दोस्रोपटक महिला लिगमा छनोट हुने योजनामा छ ।

संकटाले नेपालको यू–२०, यू–१७ र यू–१९ टोलीबाट खेलिसकेका खेलाडी अनुबन्ध गरेको छ । अर्को खेलमा छहारी युवाले राप्ती युवा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।

सुझावित समाचार