एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले गरे मिक्स्ड मार्सल आर्टस् (एमएमए) का प्रशिक्षक राहुल मोक्तानलाई बिदाइ

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले मिक्स्ड मार्सल आर्टस् (एमएमए) का प्रशिक्षक राहुल मोक्तानलाई बिदाइ गरेका छन्। २५ देखि २७ अगस्ट २०२५ सम्म बहराइनको मनामा सहरमा आयोजना हुने पहिलो एमएमए कोचिङ कोर्समा सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

उक्त कोर्स ओलम्पिक काउन्सिल अफ एसिया एमएमएको विकास कार्यक्रमअन्तर्गत आयोजना हुँदै छ।

एनओसी अध्यक्ष श्रेष्ठले मोक्तानलाई सफलताको शुभकामना दिँदै उक्त विकास कार्यक्रमले राष्ट्रिय एमएमए महासंघको भविष्यमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष सम्राट कुसारीको उपस्थिति रहेको थियो।

सुझावित समाचार