रौतहटको गौरमा सुटकेसभित्र बरामद भएको महिलाको शवको परिचय खुल्याे

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण
  • प्रहरीका अनुसार मृतकको भारतको मजफ्फरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन्

रौतहटको गौरमा सुटकेसभित्र बरामद भएको शवको परिचय खुलेको छ । गौर नगरपालिका– ९, गौर सिरसिया  सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो  ।

सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको गौर- २,  महादेवपट्टी बस्दै आएकी २६ वर्षीया रुवीकुमारी साहको भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार उनको भारतको मजफ्फरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् ।

उनी हिजो साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेको पारिवारिक स्राेतले जनआएको छ । ब्युटिपार्लर जान्छु भनेर हिँडेकी उनी साँझ ६ बजेपछि सम्पर्कविहीन भएकी थिइन् ।

उनको शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार