नेपाल ‘ए’को कप्तान अनिल

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण
  • क्यानले अनिलकुमार शाहलाई नेपाल ‘ए’ टिमको कप्तान बनाउँदा अनुभवी ब्याटर तथा पूर्वकप्तान विनोद भण्डारी भने टोलीमै अटाएनन्

ब्याटर तथा विकेटकिपर अनिलकुमार शाह नेपाल राष्ट्रिय क्रिकेट टिम ‘ए’को कप्तान नियुक्त भएका छन् । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले अनिलको कप्तानीमा ‘ए’ टिम घोषणा गर्यो । अनिलको कप्तानीमा बनेको टिमले भारतमा पाँच ट–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । गुहाटीमा हुने शृंखला अगस्ट ६ देखि सेप्टेम्बर ३ सम्म हुनेछ ।

यसअघि क्यानले नेपाल ए टिमको कप्तान ओपनिङ ब्याटर विनोद भण्डारीलाई बनाएको थियो । त्यतिवेला विनोदले राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् । क्यानले अनिललाई कप्तान बनाउँदा अनुभवी ब्याटर विनोद भने टोलीमै अटाएनन् । यता, क्यानले टिमको प्रशिक्षक भने घोषणा गरेको छैन । यसअघि ज्ञानेन्द्र मल्ल टिमको प्रशिक्षक थिए ।

नयाँ कप्तान बनेका अनिलले राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनी हालै अस्ट्रेलिया भ्रमणमा भने टोलीमा छैनन् । स्कटल्यान्ड भ्रमणमा भने टोलीमै थिए । २६ वर्षीय खेलाडीले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् । उनी घरेलु प्रतियोगितामा भने मधेश प्रदेश तथा एनपिएलमा जनकपुर बोल्ट्सका लागि खेल्दै आएका छन् । 

विपिन अटाएनन्, युवराजलाई मौका 
क्यानले बोलाएको टिममा एनपिएलमै उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मा छैनन् । यस्तै, यू–१९ टिमका उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री छन् । यता, अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आदिल आलम अन्सारी पनि टोलीमा समावेश छन् । यस्तै, घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफलाई पनि टोलीमा बोलाइएको छ । अन्य खेलाडीमा शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास र शेर मल्ल छन् । 
 

See More On

सुझावित समाचार