रौतहटको गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवलवा गेटनजिक शनिबार राति भेटिएकाे शंकास्पद सुटकेसभित्र महिलाको शव फेला परेकाे छ ।
सडक किनारमा भेटिएको सुटकेस डोरीले कसिएको अवस्थामा रहेको र त्यसभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रातिबाटै घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । सुटकेसमा महिलाको शव फेला परेपछि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले जानकारी दिए।