साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको जित

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

नेपालले साफ यू–१७ महिला  च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको छ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपालले एक गोलले पछि परेकोस्थितमा खेलमा तीन अंक जोडेको हो । नेपालको जितमा दुवै गोल सहारा लिम्बूले गरिन् ।  

पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । यता, भुटानको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
 

सुझावित समाचार