१२ जिल्लाका सिडिओको सरुवा

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । 

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका सिडिओ फेरिएका हुन्। 

त्यस्तै, सहसचिवहरूको पनि सरुवा भएको छ। काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ। काठमाडौंका सिडिओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ।  गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ।  

सरुवा सूची_

सहसचिव सिडिओको सरुवाः 

सुझावित समाचार