‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले पायो युनिभर्सल सर्टिफिकेट

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले यु (युनिभर्सल) सर्टिफिकेट पाएको छ।

सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त यो चलचित्रमा रनटाइम २ घण्टा २३ मिनेट तय भएको छ।

चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ।

बलियो लाइनअप रहेको चलचित्रको कथामा के छ भन्नेमा दर्शकलाई धेरै चासो छ। चलचित्रमा देखिने आर्य र मंगोलियन फेसका पात्रहरूको एक–अर्कासँगको सम्बन्ध ट्रेलरबाट खुलिसकेको छैन।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको छ।

सुझावित समाचार