हिमाली गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत वितरण

आइतबार, १ भदौ, २०८२
डिजिटल संस्करण

बाजुराको हिमाली गाउँपालिका– ५ मा गत साउन २८ गते आएको बाढीबाट प्रभावित १३ घरपरिवारलाई राहत वितरण गरिएको छ। घर पूर्ण क्षति भएका गोलीका ११ र बिउरीका दुईसहित १३ परिवारलाई गाउँपालिकाले खाद्यान्न र भाँडाकुँडा वितरण गरेको हो।

लगाएको अन्नबालीमा भएको क्षतिको विवरण यकिन भएको छैन। क्षतिको विवरण संकलन गर्ने तयारी भएको वडा नं. ५ का वडाध्यक्ष प्रदीप थापाले बताए। 

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितले स्थलगत बाढीपहिरो अनुगमन गरेर खाद्यान्न, भाँडाकुँडा र त्रिपाललगायतका सामग्री वितरण गरिएको स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताए।

सुझावित समाचार