बेरुजु फर्स्यौट गर्न लेखा समितिको निर्देशन

सोमबार, २७ साउन, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु बढ्दै गएपछि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बेरुजु फर्स्यौट उपसमिति बनाएर केही दिनयता लगातार छलफल गर्दै आएको लेखा समितिले आइतबारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूलाई बोलाएर छिटो बेरुजु फर्स्यौट  गर्न निर्देशन दिएको हो ।

उपसमितिका संयोजक विष्णुप्रसाद पन्थीले आइतबार सरकारलाई बेरुजु फर्स्यौटका बारेमा निर्देशन दिइएको बताए । असुलउपर गर्नुपर्ने, पेस्कीको हिसाब मिलान गर्नुपर्नेलगायतका समस्या समाधान गरेर छिटो बेरुजु फर्स्यौट गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

बैठकमा बेरुजु फर्स्यौटमा कमजोर देखिँदा सुशासनको अनुभूति दिलाउन चुनौती थपिने गरेको लेखा समिति सदस्य दीपेन्द्रकुमार पुनमगरले बताए ।

सुझावित समाचार