साउदी अरेबियालाई नेपालले हरायो

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

नेपालले एएफसी महिला यू–२० एसिया कप २०२६ छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको छ।

शुक्रबार भुटानको चाम्लिमिथाङ रंगशालामा नेपाललाई जित दिलाउन अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णायक गोल गरिन्। उनको गोलसँगै समूहमा नेपालले पहिलो तीन अंक जोडेको छ।

यसअघि पहिलो हाफमा पाएको पेनाल्टी अवसर चुकाउँदा नेपाल अग्रता बनाउन चुक्यो। मीना देउवाले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकिनन्।

समूहको पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। अब, नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ।

सुझावित समाचार