गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार संघका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।


शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
       
गोसाइँकुण्डमा हिमालयन उद्धार संघले ६ जना एमबिबिएस चिकित्सक र अक्सिजन सिलिन्डरसमेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।

सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको  नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । (रासस)

सुझावित समाचार