चारवटा अदालतले दोषी भनेका लामिछाने कसरी निर्दाेष हुन्छन् ? सांसद शर्मा

बुधबार, २२ साउन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंकित गर्दै  चारवटा अदालतले दोषी भनेको कुरालाई कसरी राजनीतिक दलले निर्दाेष साबित गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले उनीसँगै मुछिएका अरू सबै दोषी, तर उनी निर्दाेष भन्न नमिल्ने उल्लेख गरे । उनले जिल्ला, सर्वाेच्च र उच्च अदालतले उनलाई दोषी ठहराइसकेकाले छुटाउनका लागि हस्ताक्षरको दबाब नदिन रास्वपालाई आग्रह गरे । 

नेपाली जनताले  राजनीतिक दललाई नभई अदालतलाई विश्वास गर्ने भएकाले हस्ताक्षरको अर्थ नभएको उल्लेख गरे । शिशिर खनाल आफैँ छानबिन समिति सदस्यमा बसेर दोषी देखिएको कुरालाई अहिले प्रतिशोध भन्नुको अर्थ नभएको उल्लेख गरे । अरूलाई अदालतको आदेश मान्दिनँ भन्नेलाई पिताजीको देश हो भन्ने लामिछानेले आफ्नो व्यवहार के हो ? भनेर प्रश्न गरे । 

सुझावित समाचार