झापा इनर्जीले बुधबार अर्थात् १४ साउनदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपिओ निष्कासन गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा तीन लाख ८० हजार एक सय ९० कित्ता आयोजना प्रभावितलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेकाे हाे । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम पाँच हजार कित्ता माग गर्दै आवेदन दिन सक्नेछन् ।