नेप्से साताव्यापी उकालो यात्रामा : ११२.०१ अंकले बढ्यो, ३ हजारनजिक

शनिबार, ११ साउन, २०८२
डिजिटल संस्करण

नयाँ आर्थिक वर्षको सुरुवातमा नेपाली सेयर बजार उत्साहप्रद देखिएको छ । साउन महिनाको पहिलो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखाएको हो । १ साउनदेखि नै बढ्न थालेको नेप्से परिसूचक ८ साउनसम्म आइपुग्दा ११२.०१ अंकले वृद्धि भई तीन हजारनजिक पुगेको छ । 

नेप्से परिसूचक ८ साउनमा २,९८२ विन्दुमा पुगेको छ, जुन पछिल्लो ५२ हप्ताको उच्च विन्दु ३,०००.८१ निकट हो । लगातार ६ दिनसम्मको सुधारले बजारमा सकारात्मक मनोवृत्ति बलियो बनाएको छ । वित्तीय क्षेत्र, जीवन बिमा, बैंकिङ, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्सलगायत समूहहरूमा उल्लेखनीय खरिद दबाब देखिँदा बजार उकालो लागेको हो ।

विश्लेषकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको नाफा सुधार, ब्याजदर घट्ने आशा र अर्थतन्त्रका सूचकमा सुधार देखिएको छ । साथै, जोखिम बहन गर्ने नयाँ लगानीकर्ताको प्रवेशले बजार विस्तार भइरहेको संकेत पनि दिइरहेको छ ।

साताकाे नेप्से

१ साउन : नेप्से परिसूचक २,८७०.६३, कारोबार रकम १६ अर्ब ३० करोड रुपैयाँ 

४ साउन : परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५, कारोबार रकम २० अर्ब ९६ करोड रुपैयाँ 

५ साउन : परिसूचक २१.७६ अंकले वृद्धि भएर २,८९२.७२,  कारोबार रकम १६ अर्ब १० करोड रुपैयाँ 

६ साउन : ८०.९७ अंकको वृद्धि भई परिसूचक २,९७३.७०, कारोबार रकम १९ अर्ब ८२ करोड रुपैयाँ 

७ साउन : परिसूचक ५.१७ अंकले वृद्धि भई २,९७८.८८,  कारोबार रकम १९ अर्ब १० करोड रुपैयाँ 

८ साउन : परिसूचक ३.७६ अंकले बढेर २,९८२.६४,  कारोबार रकम १८.१३ अर्ब रुपैयाँ 

See More On

सुझावित समाचार