मध्यपश्चिम विश्वविद्यालयको एक अर्ब ३६ करोडको बजेट पारित

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा (सिनेट) बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। बैठकले आगामी आर्थिक वर्षको एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको हो।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा शोभाकर कँडेलले बजेट प्रस्तुत गरेका थिए। पुँजीगततर्फ रु. ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु. ९० करोड ५२ लाख २१ हजार छुट्याइएको छ।

सुझावित समाचार