सुनको मूल्य तोलामा ११ सयले बढ्यो

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार ११ सयले बढेर तोलाको एक लाख ९२ हजार नाै सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख ९१ हजार आठ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुझावित समाचार