सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछाने फेसन ब्रान्ड डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज हिमालय होटेलमा आयोजित एक समारोहमा उनले सम्झौतामा हस्ताक्षर गरे।

सन्दीपलाई ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ। कम्पनीसँग फेरि जोडिन पाएकोमा सन्दीपले खुसी व्यक्त गरे। आफू सुरुबाटै यो कम्पनीको परिवारको सदस्यजस्तै भएको उनले बताए।

‘३ वर्ष मात्र होइन, अझैअगाडिसम्म जान चाहन्छु,’ सन्दीपले भने। डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जिन्स कपडाहरूको बिक्री-वितरण गर्दै आएको छ।

सुझावित समाचार