फरवार्डले गर्‍यो विपन्न बेरोजगारलाई सफारी हस्तान्तरण

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले विपन्न समुदायका १० जनालाई सिटी सफारी वितरण गरेको छ । फरवार्ड माइक्रो फाइन्नान्सको खनार सुनसरी शाखाले स्वरोजगार प्रवर्द्धनमार्फत गरिबी न्यूनीकरणमा योगदानसमेत पुर्याउने उद्देश्यसहित सफारी वितरण गरेको जनाएको छ ।

आर्थिक रूपमा कमजोर युवालाई तालिमसमेत प्रदान गरेर सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिएको कम्पनीले जनाएको छ । फरवार्ड माइक्रो फाइनान्सले श्री गणपति पिजी एन्ड सप्लायर्स कम्पनी विराटनगरसँग खरिद गरेर युवालाई वितरण गरेको हो । प्रतिसफारी दुई लाख ६५ हजार खरिद मूल्य रहेको संस्थाले जनाएको छ । 

फरवार्ड माइक्रो फाइनान्सका कर्जा विभाग प्रमुख वचनकुमार चौधरी र खनारका शाखा प्रमुख सिमलाकुमारी चौधरीले संयुक्त रूपमा ग्राहकलाई सफारी हस्तान्तरण गरे । यस कार्यले बेरोजगारीलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने संस्थाले जनाएको छ ।

See More On

सुझावित समाचार