मलेसियामाथि सानदार जितसँगै नेपाल फाइनलमा

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले मलेसियालाई नाै विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो । 
सुरुमा ब्याटिङ गरेको  मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले चार र शुभम खनालले तीन विकेट लिएका थिए। 

ब्याटिङतर्फ नेपालका लागि परिमर्जन यादवले ३५ बलमा ५९ बलको आक्रामक इनिङ खेलेपछि नेपालले सहजै जित निकालेको हो। 

नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो । सेमिफाइनमा पनि उत्कृष्ट नजिता निकालेको छ। 

आजै अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सो खेलमा विजेतासँग नेपालले फाइनल खेल्नेछ । 

सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो ।
 

सुझावित समाचार