नेपालसँग ९० रनमै अलआउट भयो मलेसिया

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले ९१ रनको लक्ष्य पाएको छ। घरेलु टोली मलेसियालाई नेपालले ९० रनमै अलआउट गर्‍यो ।

मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले चार र शुभम खनालले तीन विकेट लिए।  

नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो । 

आजै अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो । 

सुझावित समाचार