लुम्बिनीमा रोहितसहित ६ खेलाडी रिटेन

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि खेलाडी रिटेन र रिलिज गरेको छ । पहिलो संस्करणमा प्ले अफमा स्थान बनाउन चुकेको लुम्बिनीले मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ ।

विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम पनि रिटेन भएका छन् । यसैगरी, लुम्बिनीले ६ खेलाडीलाई रिलिज गरेको जनाएको छ । सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्ता रिलिज हुने खेलाडीमा छन् । 

दोस्रो सिजनमा युवा तथा राम्रा विदेशी खेलाडीसहित टोलीलाई हरेक कोणबाट सशक्त बनाउने योजना लुम्बिनीले बनाएको छ । ‘दोस्रो संस्करणमा बलियो टोलीका रूपमा प्रस्तुत हुनेछौँ, युवा तथा विदेशी खेलाडीको मिश्रणमा टोली बलियो बनाउने योजना छ,’ लुम्बिनीले जनाएको छ, ‘एनपिएलको दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने तथा हरेक समर्थकको अपेक्षा पूरा गर्ने जनाएको छ ।’ 

See More On

सुझावित समाचार