नाबालिकालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

 ताप्लेजुङ जिल्लामा नावालिका करणीको अभियोगमा एकजना पक्राउ परेका छन्। ३४ वर्षीय  पुरुषले १३ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको प्रहरी सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताए ।

 १३ की नाबालिकालाई विभिन्न डरत्रास देखाई  प्रलोभनमा पारी मिति गत असार ८ गते रातको समयमा जबर्जस्ती करणी  गरेकाे भनि परेको निवेदनको आधारमा  पक्राउ गरेको प्रहरीले बताएको छ। 

उनलाई असार ८ गते पक्राउ गरेको र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट सात  दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सुझावित समाचार