करण केसी बने टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने दोस्रो नेपाली बलर

मंगलबार, ३ असार, २०८२
डिजिटल संस्करण

तीव्र गतिका बलर करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिने दोस्रो नेपाली बलर बनेका छन्। मंगलबार स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिएपछि उनले यो महत्त्वपूर्ण माइलस्टोन पूरा गरेका हुन्। 

८०औँ खेलमा उनले १०० विकेट लिएका हुन्। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध उनले २ विकेट लिइसकेका छन्। 

यसअघि नेपालका बलरमध्ये सन्दीप लामिछानेले मात्र टी–२० अन्तर्राष्ट्रियमा सय विकेट लिएका थिए। ५९ खेलमै लामिछानेले १११ विकेट लिइसकेका छन्। 
 

सुझावित समाचार