चैते धानको उचित मूल्य नपाएकोमा ध्यानाकर्षण

शनिबार, ३२ जेठ, २०८२
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चैते धानको न्यूनतम समर्थन मूल्यभन्दा ज्यादै कम मूल्यमा बिक्री गर्नुपरेको किसानको गुनासो आएकाले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

पूर्वका किसान सरकारबाट निर्धारित मूल्यको तुलनामा निकै कम भाउ पाएको भन्दै आन्दोलित भएका छन् । मन्त्री अधिकारीले सिंहदरबारस्थित मन्त्रालयमा भएको कार्यक्रममा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट कार्यान्वयनका लागि पनि आवश्यक कार्यविधि चाँडै तयार गर्न निर्देशन दिएका छन् । 

सुझावित समाचार