सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु. एक हजार तीन सय र चाँदीमा रु. १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९१ हजार तीन सय कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार एक सय ६५ मा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सुझावित समाचार