गर्मीका कारण वाणगंगाका विद्यालय चार दिन बिदा

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा, नगरपालिकाले बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरूलाई चार दिनका लागि बिदा दिने निर्णय गरेको छ।

वाणगंगा नगरपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। समितिका अनुसार जेठ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द रहनेछ।

सो अवधिको बिदा बर्खे बिदाबाट कट्टा गरिने सूचनामा उल्लेख छ।

नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जिसीले जारी गरेको सूचनामा सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई निर्णयको जानकारी गराउँदै गर्मी बिदालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

सुझावित समाचार