बाजुराको बाम्का बजारमा आगलागी

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

बाजुरा जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको बुढीगंगा नगरपालिका– ६ स्थित बाम्का बजारमा आगलागी भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर एलपी ग्यास पड्केर आगलागी भएको स्थानीय व्यापारीले बताएका छन्। यद्यपि, आगलागीको थप विवरण आउन बाँकी छ।

स्थानीयहरू मिलेर आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन्।

सुझावित समाचार