राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कालिका मावि प्रथम

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

हिमा गाउँपालिकास्तरीय १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कालिका माध्यमिक विद्यालय तलिकुडु प्रथम भएको छ।

यसअघि दुईपटक उपाधि जितेको कालिका लगातार तेस्रोपटक पनि उपाधि जित्न सफल भएको हो। जेठ १८ देखि २० गतेसम्म नेत्रज्योति मावि ओदीमा आयोजित प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै कालिका प्रथम भएको हो।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, हामी सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा हिमाका ६ माध्यमिक विद्यालय सहभागी थिए। प्रतियोगितामा अन्नपूर्ण मावि मष्टामाण्डु दोस्रो, भानु मावि पाथरखोला तेस्रो, कालिका मावि बड्की चौथो, नेत्रज्योति मावि ओदी पाँचौँ र राहदेव मावि मोफ्ला छैटौँ भए।

पालिकास्तरमा युवालाई खेलकुद गतिविधिसँग जोड्न तथा नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित निरन्तर राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।

सुझावित समाचार