‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

झापाकाे कमल गाउँपालिका– ३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेकाे अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।

See More On

सुझावित समाचार