सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। आज सुन तोलामा रु. एक हजार ६ सयले घटेको छ। सोही परिमाणको चाँदी १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार तीन सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु. दुई हजार पाँच निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

See More On

सुझावित समाचार