हिउँपहिरोमा पुरिएर बाँचेका दावा टसी शेर्पाको आत्मकथा लोकार्पण

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

ट्रेकिङ क्षेत्रमा सक्रिय दावा टसी शेर्पाको आत्मकथा ‘शेर्पा, अ सर्भाइजर्स स्टोरी : एभरेस्ट अभलन्च २०१४’ काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण गरिएको छ ।

सन् २०१४ सालको सगरमाथा हिमपहिरोमा दुर्घटना परी अस्ताएका  १६ जनामध्ये एक मात्र बाँचेका शेर्पाको आत्मकथामा आधारित पुस्तककाे रक्षामन्त्री मानवीर राईले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा क्याप्टेन विजय लामा, पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्त, नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका महासचिव सोनाम ग्याल्जेन शेर्पा र पर्यटन विशेषज्ञ बच्चुनारायण श्रेष्ठलगायतको सहभागी थियो ।

पुस्तकमा लेखक शेर्पाले प्राकृतिक प्रकोपका क्रममा आफूले भोगेको कष्टकर समयको अनुभव र हिमाली शेर्पा समुदायको वास्तविक जीवन–संघर्षलाई प्रस्तुत गरेका छन् । उनले आफ्नो जीवनमा भोगेको कष्टकर समयलाई पुस्तकमार्फत यथार्थपरक रूपमा प्रस्तुत गरेका छन् ।

सुझावित समाचार