सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा रु. दुई सय र सोही परिमाणको चाँदी रु. १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार नाै सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु. एक हजार नाै सय ९५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।