विपद्का लागि ‘अर्ली वारनिङ फोर अल’ राष्ट्रिय मार्ग चित्र तयार गरिँदै

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

विपद्को चेतावनी सूचना समयमै सबैलाई जानकारी दिनका लागि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्ली वार्निङ फोर अल ’ को  राष्ट्रिय मार्गचित्र तयारी गर्न लागेको छ ।  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्ली वार्निङ फोर अल ’  को राष्ट्रिय मार्गचित्र तयार गर्न  प्रदेश स्तरीय गोष्ठिमार्फत सुझाव संकलन सकिसकेको छ । अब सबै प्रदेशबाट संकलन भएको सुझावको काठमाडाैंमा समीक्षा गरेपछि भदौसम्ममा ‘अर्ली वार्निङ फोर अल ’ का लागि राष्ट्रिय मार्ग चित्र तयार गरिनेछ ।

  देशमा बढ्दो विकाससँगै आगलागी, बाढी, पहिरो, चटयाङ र भुकम्प मात्र नभएर वन्यजन्तुको आक्रमण, डढेलोदेखी सवारी दुर्घटना र हिमताल विस्फोट जोखिम विपद् पनि चुनौती बनिरहेका छन् । यसैले ‘अर्ली वार्निङ फोर अल’ को राष्ट्रिय मार्गचित्रले विपद् व्यवस्थापनमा ठूलो सहयोग पुयाउनसक्ने  विज्ञ , सांसद , सुरक्षाकर्मी र विपद कार्यमा सहभागी सरोकारवालाहरुको भनाइ छ । यसैले सुझाव संकलनमा सहभागी सरोकारवालाहरुले विपद् पुर्वको चेतावनी सूचनालाई राष्ट्रिय, प्रदेश र स्थानीय स्तरसम्मको  मार्गचित्र तयार गरेर ‘अर्ली वार्निङ फोर अल’ को अवधारणा चाँडो सबैका लागि उपभोगमा ल्याउन सम्पन्न गोष्ठिमा सरोकारवालाहरुले सुझाएका छन् ।

संयुक्त राष्ट्रसंघ नेपालका जलवायु तथा विपद् सल्लाहकार पपुलर जेन्टलले विपदको जोखिम घटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सन २०२२ मा ‘अर्ली वारनिङ फोर अल ’को अवधारण आएको र नेपालले २०२३ मा प्राथिमिकता पाएको जानकारी दिए।  जेन्टलका अनुसार विपद्का लागि चेतावनी सूचनालाई सबैमाझ समयमै पुरयाउन प्राधिकरणले राष्ट्रिय मार्गचित्र तयार गर्न लागेको बताए। उनका अनुसार मार्गचित्र तयार गर्नका लागि कर्णाली र सुदुरपश्चिम,लुम्बिनी र गण्डकी अनि मधेश र कोशीबाट सुझाव लिइसकेको र अब काठमाडाैंमा छलफल गरेर  राष्ट्रिय मार्गचित्र तयार गरिने जानकारी गराए ।

विपद व्यवस्थापन र जोखिम न्युनिकरणका लागि ‘अर्ली वारनिंङ फोर अल’ को राष्ट्रिय मार्गचित्रलाई प्रभावकारी कार्यान्वयन गराउन प्राधिकरणले संघ, प्रदेश र पालिकाहरुमार्फत जोखिम प्रभावित क्षेत्रहरुमा समुह निर्माण गरेर प्रविधिको अधिकतम उपयोग गरेर जोखिम आउनुपुर्व सूचना प्रवाह गर्नेछ। जसले जोखिममा रहेका नागरिकहरु पहिले नै जोगिन सक्नेछ। जोखिममा रहेका नागरिकहरु मात्र नभएर प्रविधिमा पोख्त युवा, पत्रकार र सरकारका औपचारिक र अनौपचारिक सूचना स्रोत प्रयोग गरेर ‘अर्ली वारनिंङ फोर अल’ मार्गचित्रलाई सफल बनाइने छ । 

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यस्थापन  प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुनकुमार बमले  विपद्को बढ्दो विनाशबाट जोगिन ‘अर्ली वार्निङ फोर अलको’ मार्गचित्र प्रभावकारी हुने भएकोले देशभरिबाट सुझाव लिएर साझा राष्ट्रिय मार्गचित्र तयार गर्न लागेको बताए । उनले भने,‘हामीले प्रदेशबाट  सुझाव लिइसकेका छौ अब काठमाडौंमा अन्तिम छलफल  गरेर यही साउन भदौभित्र ‘अर्ली वारनिंङ फोर अल’ को राष्ट्रिय मार्गचित्र तयार गरेर प्रदेश र पालिका स्तरसम्मै पठाउने छौ ।’ 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले विपद्पुर्व सबैलाई सूचना पुर्याउन  ‘अर्ली वार्निङ फोर अल ’ को राष्ट्रिय मार्गचित्र प्रभावकारी हुनसक्ने बताए । उनका अनुसार कोशी सरकाले  प्रदेशका ३७ पालिकाको एक हजार एक  सय  ५७ वटै वडामा  विपद्को  वार्षिक मार्गचित्र तयार गरेर १७ वटा सूचक पहिचान गरिसकेको छ । यसैपाली बजेट विनियोजन गरेर पालिकालाई विपद प्रतिकार्यकालागि थप उत्तरदायित्व बनाउने कोशी सरकारको योजना छ। मन्त्री भण्डारीले भने, प्राधिकरणले निर्माण गरेको  ‘अर्ली वारनिंङ फोर अल’ को राष्ट्रिय मार्गचित्रले विपद् व्यवस्थापन परिणाममुखी बनाउन अझै बढि सहयोग पुर्याउने छ ।’ 
 
 

सुझावित समाचार