भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बर्खास्त गर्न सांसद तोसिमा कार्कीको माग

शुक्रबार, १० जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. सांसद तोसिमा कार्कीले गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गरेकी छिन् । सो घटनामा मन्त्रीकै संलग्नता पुष्टि हुने आधार देखिएको भन्दै तुरुन्त बर्खास्ती गरी छानबिनको माग उनले गरेकी छिन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–  

जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दै छुः भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन– यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिन्डिकेटको रूपमा प्रमाण र तथ्यहरू सञ्चारमाध्यममा छताछुल्ल हुँदै छन् ।
– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
– र त्यो पैसा सिधा गृह मन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।

जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने योभन्दा ठुलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?

र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषदबाटै यो अपराधलाई अनुमोदन गर्नु हो। 

अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखी गृहमन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्यतथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारबाही अघि बढाउन माग गर्दछु। 

यदि प्रधानमन्त्रीसहित सत्तारूढ दुई दल मौन रहनछन् भने, यो स्वयं सरकारको, संसद्को, संविधानको र जनताको अपमान मात्र होइन, यो संगठित अपराध हो ।
 

सुझावित समाचार