मन्त्रिपरिषद् बैठक सुरु, विश्व पौडेल गभर्नरमा नियुक्त हुँदै

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने छ । 

सत्तारुढ दल एमाले र कांग्रेसको सहमतिअनुसार डा.विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्न लागिएको छ।  

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको सिफारिस समितिले पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ। पौडेलसहित डेपुटी गभर्नर निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस भएको छ । 

राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको एक महिना १० दिनपछि नियुक्ति हुन लागेको हो। कांग्रेस र एमालबिच सहमति नहुँदा लामो समय गभर्नर पद हुन हुन पुगेको हो। 

सुझावित समाचार