राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को नाममा उनकै गृहनगरको मुख्य चोकको नाम ‘साम्बा’ भएको छ । गाउँपालिकाले खुदी बजारको प्रमुख चोकको नामकरण साम्बा चोकका रूपमा गरेको छ ।
चोकमा सावित्राको पूर्णकदको स्तम्भ पनि बनाइएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार सावित्राको पूर्णकदको स्तम्भ उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले उद्घाटनमा प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित भएको बताए । कार्यक्रममा सावित्राका बुबा र आमालाई सम्मान गरिएको छ ।