हाडनाता करणी कसुरमा बुवाछोरालाई कैद सजाय

शनिबार, ४ जेठ, २०८२
डिजिटल संस्करण

बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय छोरा र ४० वर्षीय बुवालाई कैद सजायको फैसला गरेको छ।अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजालसले कसुर ठहर गर्दै छोरालाई १४ वर्ष कैद सजाय, पाँच  लाख ४० हजार  रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडित राहतकोष भराउने फैसला गरेको छ ।

बुवालाई  १२ वर्ष कैद सजाय, पाँच लाख रुपैयाँ जरिबाना  र  ५० हजार  क्षतिपूर्तीस्वरुप २० हजार पीडित राहतकोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी अमृता केसीले बताइन । जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले हाडनाताको अभियोगमा ०८१ असार १६ र ०८१ असार १९ गते बर्दिया जिल्ला अदालतमा मुद्धा दर्ता गरेको सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेलले बताए । 

बालिकालाई बुवाले २०७९ साउनमा र  छोराले २०८० फागुनमा  बलात्कार गरेको भन्दै पीडित पक्षले २०८१ जेठ २७  गते  प्रहरीमा उजरी दिएको थिए । प्रहरीले आरोपितहरूलाई जेठ २७ गते पक्राउ गरेको  थियो ।  
 

सुझावित समाचार