राष्ट्र बैंकको गभर्नर पद लिलामीमा चढ्यो : सांसद कार्की

कार्यवहाक गर्भनर निलम ढुंगानालाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

सांसद रोशन कार्कीले राष्ट्र बैंकको गभर्नर पद लिलामीका चढेको उल्लेख गरेकी छिन् । बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद कार्कीले लिलामीको बढाबढ तीन करोड पुगेको छ भन्ने आफूले सुनेको उल्लेख गरिन् ।

उनले यसअघि महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशले प्रशंसायोग्य काम गरेर सफल कार्यकाल सम्पन्न गरिसकेकाले कार्यवाहक गभर्नर निलम ढुंगानालाई गभर्नर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह गरिन् ।

उनले योग्य र अयोग्य मान्छेको खोजी गर्न छोडेर महिलालाई राष्ट्र बैंकको नेतृत्व सुप्पिन आग्रह गरिन् । 

सुझावित समाचार