सुन तोलामा तीन हजार सात सयले घट्यो

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइहेको छ । 

यसअघि आइतबार सुन तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुझावित समाचार