विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफल गर्न र टुंगोमा पुर्याउन गठित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतकाे उपसमितिको म्याद थपिएको छ।
३५ दिने समयसीमा सकिएपछि थप १० दिनको लागि म्याद थप भएको हो। १८ चैत्रदेखि काम थालेको उपसमितिको ३५ दिने समय आइतबार सकिएको थियो।
समितिका सभापति अम्मरबहादुर थापाले काम बाँकी रहेको र समयसीमा सकिएपछि म्याद थप भएको बताए। ‘छलफल सकियो, तर प्रतिवेदन लेख्न समय लाग्छ। सोही कारण १० दिनको म्याद थप भयो,’ उनले भने।