साताव्यापी भारत भ्रमण सकेर मुख्यमन्त्री शाहसहितको टोली आज गृहनगर आउँदै

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण
साताव्यापी भारत भ्रमण सकेर मुख्यमन्त्री शाहसहितको टोली आज गृहनगर आउँदै

भारतको उत्तराखण्डका मुख्यन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटवार्ता गर्दै

साताव्यापी भारत भ्रमण सकेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली आज गृहनगर आउँदै छ । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो । टोली आज (सोमबार) लखनउबाट स्थलमार्ग हुँदै गृहनगर आउँदै छ ।

उत्तराखण्डका मुख्यमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेट

भारत भ्रमणमा रहेका मुख्यमन्त्री  शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले.ज. गुरमित सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।भारत भ्रमणको क्रममा मुख्यमन्त्री शाहले उनका समकक्षी धामी र गभर्नर सिंहसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा दुवै देशबिचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफलकेन्द्रित रहेको र वर्षौँदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि भारत सरकारसँग सहकार्य गर्न आग्रह गरे। सुदूरपश्चिमको आर्थिक, सामाजिक, ऊर्जा, प्राविधिक, धार्मिक पर्यटन प्रवर्द्धन र विकासका लागि भारत सरकार सकारात्मक रहेको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीले प्रतिक्रिया दिए।

यसैगरी, मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका छन्।

सुझावित समाचार