लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई मोस्ट प्रोमिसिङ पार्टनर अवार्ड

बिहिबार, १८ बैशाख, २०८२
डिजिटल संस्करण

नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई चीनको यिबिनमा आयोजित ‘काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५’ मा संयुक्त रूपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

यो पुरस्कारले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकमा उभ्याएको छ । यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

सम्मानले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारीसाधनलाई ग्राहकसम्म पुर्याउने र प्रवर्द्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

काइयी नेपालले लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्समार्फत नेपाली उपभोक्ताहरूको विशिष्ट आवश्यकता र प्राथमिकता पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलका रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको छ ।

सुझावित समाचार