काठमाडौं उपत्यकामा यामाहाको एक्सचेन्ज अफर १९ वैशाखसम्म

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

यामाहाको नेपालस्थित अधिकृत विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘ब्लु फेस्ट’को सफलतापछि काठमाडौं उपत्यकाका दुईपांग्रे सवारीसाधन पारखीका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अुनसार १४ बाट सुरु भएको यो अफर १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक सोरुमहरूमा लागू हुनेछ । ग्राहकलाई फेरि एकपटक एक्सचेन्ज र उत्सवको अवसर प्रदान गर्न एक्सेन्च अफर ल्याएको बताइएको छ ।

अफर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको पुरानो सवारीसाधनमा न्यूनतम  २५ हजारको मूल्यांकन पाउनेछन् । त्यसका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य आवश्यक पर्नेछ । त्यसैगरी, एक्सचेन्ज भ्यालु बढाउन थप १० हजारकोे अतिरिक्त मूल्यांकन हुनेछ ।

त्यसैगरी, अन्य सुविधामा ग्राहकले धरौटीविना नै सजिलो फाइनान्सिङ, ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी, ‘थ्रिल अफ’ अफरअन्तर्गत एक लाखसम्मको स्योर सट छुट पाउनेछन् । साथै, उपहारमा हेल्मेट, लेगगार्ड, फुट म्याट, स्पोर्टस् ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिज पनि एक्सचेन्ज मेलामा पाइनेछ । 

यामाहाका भर्साटायल र डाइनामिक मोडेलले चालकका लागि उपयुक्त रोजाइ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । हाई–माइलेज र स्मार्ट पर्फमेन्सका लागि डिजाइन गरिएको रे–जेडआर१२५ एफआई हाइब्रिडदेखि स्पोर्टी र आक्रामक आर१५ सम्मका मोडेल उपलब्ध हुनेछन् । नेपालमा एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि विश्वासिलो ब्रान्ड भएको कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार