महाकाली अस्पतालमा नेपाल बैंकको एटिएम सेवा सुरु

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा सुरु भएको छ । नेपाल बैंक लिमिटेडले भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा सुरु भएको हो । सोमबारदेखि अस्पतालको मूलगेटमा एटिएम सेवा सुरु  गरिएको बैंकले  जनाएको छ । 

नेपाल बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका उपप्रमुख कमलबहादुर चन्दले बिरामी सेवाग्राहीको आवश्यकतालाई मध्यनगर गर्दै एटिएम सेवा सुरु गरिएको बताए । उनले भने, ‘बिरामीको उपचार सहजका लागि हामीले एटिएम सेवा अस्पतालमै दिएका छौँ, यो सेवा निरन्तर सञ्चालन हुन्छ ।’ 

चन्दका  अनुसार झन्डै ६ वर्षअघि तत्कालीन महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)को कार्यकालमा एटिएम राख्ने निर्णयअनुरूप संरचना बनाइएको थियो । महाकाली अस्पतालका निमित्त मेसु  डा. अर्जुनकुमार भट्टले एटिएम सेवा सञ्चालन भएसँगै बिरामीलाई सुविधा पुगेको बताए । बिरामीका आफन्तले समेत एटिएम सेवा अस्पतालमै सुरु भएपछि उपचारमा  सुविधा भएको बताएका छन् । 
 

सुझावित समाचार