सिन्धु विकास बैंकको नाफा करिब आठ करोड

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिन्धु विकास बैंकले सात करोड ८४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस्तो देखिएको हो । गत आवको सोही अवधिमा पनि बैंक पाँच करोड ४० लाख रुपैयाँ नोक्सानमा थियो । 

बैंकका अनुसार दोस्रो त्रैमासिक अवधिमा ८.२२ प्रतिशत रहेको पुँजी कोष अनुपात समीक्षा अवधिमा सुधार भई ११.४९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात १० प्रतिशतभन्दा कम भएपछि सुधारात्मक कारबाहीमा परेको बैंकले पुँजी कोषमा सुधार गरेको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले न्यूनतम चुक्ता पुँजी एक अर्ब २० करोड पुर्याउन हाल कायम चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गरिसकेको जनाएको छ । 

सुझावित समाचार