३४ भारतीय क्रिकेटरको तलब कति ?

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले सोमबार ३४ खेलाडीसँग केन्द्रीय सम्झौता गरेको छ । सन् २०२४–०२५ सम्मका लाग बिसिसिआईले क्रिकेटरसँग एक वर्षको सम्झौता गरेको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् । नयाँ सम्झौता २०२४ अक्टोबरदेखि  २०२५ सेप्टेम्बरसम्म लागू हुने बिसिसिआईले जनाएको छ । बिसिसिआईले चार श्रेणीमा खेलाडीलाई बाँडेको छ । उच्च ‘ए’ र ‘ए’ श्रेणी गरी दुई समूहमा खेलाडी परेका छन् । 

उच्च ‘ए’ श्रेणीमा चार खेलाडी समावेश छन् । जसमा कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रवीन्द्र जडेजा रहेका छन् । उच्च ‘ए’ श्रेणीमा परेका खेलाडीले बिसिसिआईबाट वार्षिक पारिश्रमिक रूपमा सात करोड भारु लिनेछन् । बिसिसिआईको नयाँ सम्झौता श्रेयस अयर र इशान किसनले स्थान बनाएका छन् । यसपटक रविचन्दन आश्विनसँग बोर्डले केन्द्रीय सम्झौता गरेन । गत वर्ष आश्विनले राष्ट्रिय टोलीबाट सबै फम्र्याटबाट सन्न्यास लिएका थिए । बिसिसिआईले भारतीय राष्ट्रिय टी–२० बाट सन्न्यास घोषणा गरेका रोहित, कोहली र जडेजालाई उच्च श्रेणी ‘ए’मा समावेश गरेको हो । यसपटक ऋषभ पन्तले फड्को मारेका छन् । उनी ‘बी’बाट ‘ए’ श्रेणीमा बढुवा भएका छन् । यसपटक लोकेश राहुल, मोहमद सिराज, सुभमन गिल, हार्दिक पाण्ड्या र मोहमद सामी ‘ए’ श्रेणीमा रहे । 

बिसिसिआईका अनुसार ‘बी’ श्रेणीमा भारतको टी–२० टोलीका कप्तान सूर्यकुमार यादव, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जैसवाल छन् । ‘सी’ श्रेणीमा इशान किसनबाहेक अन्य सबै खेलाडी पुरानै हुन् । गत वर्षको सम्झौतामा १५ खेलाडी थिए । यसपटक बिसिसिआईले खेलाडी संख्या घटाएको छ । नयाँ खेलाडी पनि ‘सी’ श्रेणीमा परेका छन् । नीतीशकुमार रेड्डी, ध्रुव जुरेल, अभिषेक शर्मा, सर्फराज खान, आकाश दीप, वरुण चक्रवर्ती र हर्षित राना छन् । गत वर्षको केन्द्रीय सम्झौताको ‘सी’ श्रेणीमा रहेका शार्दुल ठाकुर, केएस भरत, आवेश खान र जितेश शर्मा बाहिरिएका छन् । बिसिसिआईले यसपटकको केन्द्रीय सम्झौताबाट जितेश शर्मा, लोकेश भरत तथा आवेश खानसँग सम्झौता गरेन । 

See More On

सुझावित समाचार