सूर्यविनायक–धुलिखेल सडकको प्रगति ४० प्रतिशत, पुलको शून्य [भिडियाे]

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

भक्तपुर–काभ्रेपलाञ्चोक हुँदै पूर्व जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको डेढ वर्ष भयो। आगामी चैतसम्म काम सक्नुपर्नेमा आधा समय घर्किँदासम्म भौतिक प्रगति ४० प्रतिशत मात्रै छ।

हाल सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत, साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य अवस्थामा देखिन्छ।

सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ। सूर्यविनायक–साँगा (७.५ किमि) र साँगा–धुलिखेल (८.३ किमि) दुई खण्ड छुट्याएर काम भइरहेको छ।

थप भिडियाेमा हेर्नुस् :

सुझावित समाचार